३ माघ २०८२, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा आइतबार दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरिएको रास्वपाका एक नेताले जानकारी दिए।
बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन का लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउने प्रमुख एजेन्डा रहेको ती नेताले बताए। निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते देशभरका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन गर्ने कार्यक्रम तय भएकाले त्यसअघि आवश्यक निर्णय गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो।
पार्टीले यस बैठकमार्फत उम्मेदवार चयन, निर्वाचन रणनीति तथा संगठनात्मक तयारीलाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ।