३ माघ २०८२, काठमाडौं l नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भई गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो।

बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा आयोजना हुने पार्टीले जनाएको छ। बैठकमा पार्टीका सबै पदाधिकारी तथा केन्द्रीय कार्यसमिति सदस्यलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको छ।

नयाँ नेतृत्व चयनपछि पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *