मंसिर १०, इटाली l इटालीले महिलामाथि लिङ्गका कारण गरिने हत्या — ‘फेमिसाइड’ — लाई छुट्टै अपराध घोषणा गर्दै आजीवन कैदको सजाय अनिवार्य बनाएको छ। यो विधेयक संसदमा सर्वसम्मत पारित भएको हो।
यो कदम २२ वर्षीया जुलिया सेच्चेट्टिनको पूर्व–प्रेमीले गरेको निर्मम हत्या पछि चर्किएको जनदबाबपछि आएको हो।
अबदेखि लिङ्गका आधारमा द्वेष, नियन्त्रण, सम्बन्ध तोडिएको कारण वा स्वतन्त्रतामा रोक लगाउनका लागि गरिने कुनै पनि हत्या ‘फेमिसाइड’का रूपमा दर्ता गरिनेछ।

कानूनलाई सत्तारुढ र विपक्षी दुवैले समर्थन गरेका छन्। यद्यपि केही कानुनी विज्ञहरूले परिभाषा अस्पष्ट भएको र प्रमाणित गर्न कठिन हुने टिप्पणी गरेका छन्।
यही विषयमा जुलियाका पिता जिनो सेच्चेट्टिनले “समस्या पहिचान हुनु नै परिवर्तनको पहिलो कदम हो” भन्दै शिक्षा र चेतनामै मुख्य जोड दिनुपर्ने बताएका छन्।