४ मंसिर, काठमाडौं l प्लम्बर, टेलर, असिस्टेन्ट ब्युटिसियन र बिल्डिङ इलेक्ट्रिसियन तालिम ३२० घण्टासहित सञ्चालन गरिने

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद् सानोठिमी, भक्तपुर शाखाले युवाहरूका लागि निःशुल्क रोजगारमुखी सीप विकास तालिममा सहभागी हुन आवेदन खुला गरेको छ। परिषद्को वार्षिक तालीमी कार्यक्रमअनुसार २०८१/८२ सालमा सञ्चालन हुने विभिन्न विषयका तालिमका लागि आवेदन–दर्ता पुस १५ गतेसम्म खुला राखिएको छ।

परिषद्ले युवाहरूलाई व्यावसायिक सीप प्रदान गरी स्व–रोजगार तथा रोजगारीका अवसर बढाउने उद्देश्यले ४ वटा सीपमूलक तालिम सञ्चालन गर्न लागेको हो। आवेदन परिषद्को वेबसाइटमार्फत वा सूचनामा समावेश गरिएको QR कोड स्क्यान गरी भर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *