२ मंसिर २०८२, कपिलवस्तु l अध्यक्ष विश्वराज खनालद्वारा उद्घाटन, विद्यार्थीको अनुशासन, नेतृत्व र सर्वांगीण विकासमा खेलकुदको भूमिका उल्लेख

पारिजात पब्लिक स्कुल बुद्धभूमि–२ गोरुसिंगेले वार्षिक खेलकुद सप्ताह–२०८२ को भव्य सुरुवात गरेको छ। विद्यालयको खेलमैदानमा आयोजित विशेष समारोहबीच सप्ताहको उद्घाटन स्कुल व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनालले गर्नु भयो।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष खनालले खेलकुदले विद्यार्थीलाई अनुशासन, एकता, प्रतिस्पर्धा र नेतृत्व सीप प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
“पढाइको जति महत्व छ, त्यत्तिकै महत्व खेलकुदको पनि छ। खेलले विद्यार्थीलाई आत्मविश्वासी र लक्ष्य केन्द्रित बनाउँछ,” अध्यक्ष खनालले भन्नुभयो।

त्यसैगरी, स्कुलका प्रिन्सिपल राजेन्द्र पिसीले खेलकुद सप्ताह विद्यालयको वार्षिक गतिविधिको महत्वपूर्ण हिस्सा भएको बताउँदै यसले विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक विकासमा ठुलो योगदान गर्ने उल्लेख गर्नुभयो।
“विद्यार्थीले कक्षाभन्दा बाहिर पनि सिक्नुपर्छ। खेलकुदले सिकाउने अनुशासन, टीमवर्क र धैर्यले उनीहरूको भविष्य मजबुत बनाउँछ,” प्रिन्सिपल पिसीले भन्नुभयो।

खेलकुद सप्ताहमा भलिवल, फुटवल, क्रिकेट, हाइजम्प, लंगजम्प, त्रिपाल जम्प, सट पुट, ज्वावलिङ्ग थ्रो, १००, २००, ८००, १५००, ३००० मिटर दौड तथा (४४०० र ४१००) रिले दौडसहित विभिन्न मनोरञ्जनात्मक तथा प्रतिस्पर्धात्मक खेलहरु संचालन हुने विद्यालयले जानकारी दिएको छ। सहभागी विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरिएको छ।

कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयको उत्साहजनक उपस्थिति थियो। खेलकुद सप्ताह आगामी केही दिनसम्म निरन्तर सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *