९८ करोड ठगी प्रकरणको अनुसन्धानका क्रममा कागजात नियन्त्रणमा, प्रभु समूहका अध्यक्ष भट्टचन पहिले नै पक्राउ
२२ कार्तिक, काठमाडौं l नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंकको केन्द्रीय कार्यालयमा शुक्रबार बिहान छापा मारेको छ। सीआईबीका एक अधिकारीका अनुसार शनिबार काठमाडौंको बिजुली बजारस्थित बैंकको कार्यालयमा छापा मारेर केही महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिइएका छन्।
सीआईबीले यसअघि ११ कात्तिकमा प्रभु समूहका अध्यक्ष तथा एमालेका पूर्वसांसद देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो। बैंकका कार्यकारी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँ ठगीसम्बन्धी उजुरी दिएकी थिइन्, त्यसै प्रकरणमा अनुसन्धान अघि बढाउँदै सीआईबीले बैंकमा छापा मारेको हो।

भट्टचनविरुद्ध परेको जाहेरी प्रारम्भमा जिल्ला प्रहरी परिसर, काठमाडौंले दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि पीडित पक्ष जिल्ला सरकारी वकिलको कार्यालय पुगेको थियो। सरकारी वकिलले ११ असोज २०८१ मा जाहेरी पुनः प्रहरीलाई अनुसन्धानका लागि पठाए पनि प्रक्रिया अघि नबढेको बताइएको छ। हाल सीआईबीले त्यही पुरानो ठगी प्रकरणको अनुसन्धानलाई पुनः सक्रिय बनाएको छ।