कात्तिक ४, २०८२ – काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको भैपरी खर्चका लागि सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा गरेको छ। प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले रकम वितरण गरिँदैछ।
पहिलो चरणमा ९ जिल्लामा रकम पठाइसकिएको गृह मन्त्रालयले जनाएको छ। हालसम्म २,४२९ घाइतेको विवरण प्राप्त भएको र उपचारका लागि ‘जेन–जी क्लिनिक’ सञ्चालनमा ल्याइएको छ।
मृतकका ५३ परिवारलाई १५–१५ लाख रुपैयाँ राहत पठाइएको छ, जसमा ४९ परिवारले रकम पाइसकेका छन्। आन्दोलनमा ७६ जनाको मृत्यु भएको र घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरिएको छ।