१ कार्तिक २०८२, शनिबार, चितवन। चितवनको गाइघाट नजिक नारायणगढ–मुग्लिन सडकखण्डमा एकपछि अर्को गरी ६ वटा सवारी एकापसमा ठोक्किँदा ठूलाे दुर्घटना भएको छ।
प्रारम्भिक जानकारी अनुसार यात्रुवाहक बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएपछि पछिपछि रहेका अन्य सवारीहरू पनि आपसमा ठोक्किएका हुन्। दुर्घटनामा बस, माइक्रोबस, बोलेरो, र कारसहितका सवारी क्षतिग्रस्त भएका छन्।
घाइतेको अवस्था र क्षतिको विस्तृत विवरण भने प्रहरीको अनुसन्धानपछि मात्र सार्वजनिक हुने बताइएको छ। घटनास्थलमा प्रहरीले ट्राफिक सहज बनाउन उद्धार र सडक सफाइको काम जारी राखेको छ।