३१ असोज, काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन् । उनले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलनमार्फत पार्टीको घोषणा गर्ने तयारी गरेका हुन् ।
ढुंगानाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री व्यवस्था र विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्ने एजेन्डासहित दल दर्ता प्रक्रिया अघि बढाउने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले पार्टी गठन वार्ता समिति गठन भइसकेको जानकारी दिएका छन् ।
उनका अनुसार, “देश गम्भीर अवस्थामा छ, निकास खोजिरहेको छ, त्यसैले नयाँ दल खोल्ने निष्कर्षमा पुगेका हौं।”