२६ असोज, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
यो प्रतिस्पर्धा ओमानको अल अमारेत ग्राण्ड मैदानमा आज नेपाली समयअनुसार साँझ सवा ४ बजे सुरु हुनेछ।
नेपालले यसअघि जापानविरुद्ध खेलेको टोलीमै विश्वास राखेको छ। पहिलो रोजाइमा कुनै परिवर्तन गरिएको छैन। अब नेपाल यूएईविरुद्ध जितका साथ सुपर सिक्सको सफल सुरुवात गर्ने लक्ष्यमा छ।