sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]skf dfcf]jfbL s]Gb|sf cWoIf k'iksdn bfxfn …k|r08Ú . t:jL/ M /f]zg ;fksf]6f, /f;;

२६ असोज, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जेन–जी आन्दोलनअघि प्रचण्डको घरबाट ‘दुई ट्रकमा दुई करोड रुपैयाँ सारिएको’ भन्दै गरिएको प्रचारलाई निराधार भन्दै खण्डन गरेको छ।

सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने दाबी पनि असत्य भएको स्पष्ट गरेको छ। प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यद्वारा जारी प्रेस नोटमा भनिएको छ, “जेन–जी आन्दोलनपूर्व दुई ट्रकमा पैसा सारिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको भन्ने दाबी प्रमाणित गर्न सम्बन्धित सञ्चारमाध्यमहरूलाई चुनौती दिन्छौं।”

२४ भदौमा जेन–जी आन्दोलनको दोस्रो दिन प्रचण्ड र उनका छोरीहरू रेणु र गंगा दाहालको घरमा आगजनी भएको थियो। त्यसपछि नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदीले एक युट्युब अन्तर्वार्तामा प्रचण्डको निवासबाट ठूलो रकम सारिएको दाबी गरेका थिए।

सचिवालयले यस्तो दाबी गलत प्रचार भएको भन्दै साइबर कानुनअनुसार आवश्यक अनुसन्धान र कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। यसैबीच सरकारले पूर्वप्रधानमन्त्री प्रचण्ड र केपी शर्मा ओलीको सुरक्षामा खटिएका केही सुरक्षाकर्मी कटौती गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *