२५ असोज, काठमाडौं । रौतहटको श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साहकानु घुससहित पक्राउ परेका छन्।

शिक्षक नियुक्तिका लागि ४ लाख ५० हजार रुपैयाँ घुस मागेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई पर्साको वीरगञ्जस्थित होटलबाट पक्राउ गरेको हो।

अख्तियारका अनुसार सेवाग्राहीसँग मागिएको रकम बिचौलियामार्फत लिइसकेपछि दुवैजनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *