२४ असोज, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गर्दै समूह विजेता बनेको छ ।
शुक्रबार ओमानको अल अमेरतमा भएको खेलमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमै पाँच विकेट गुमाएर पूरा गर्यो ।
नेपालका ओपनर आसिफ सेखले ३८ रन, कुशल भुर्तेलले २७ रन, गुल्सन झाले अविजित २८ रन, कप्तान रोहित पौडेलले १८ रन र दीपेन्द्रसिंह ऐरीले १४ रनको योगदान दिए ।
जापानका सोमा सेल्टरले दुई विकेट लिए भने रियो साकुरानो थोमस, सबारिस रविचन्द्रन र डेक्लान सुजुकीले एक–एक विकेट हात पारे ।
अब नेपालले सुपर सिक्स चरणमा आइतबार दिउँसो ४:१५ बजे यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।