A pile of lustrous gold bars symbolizing wealth and prosperity.

२४ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा तीव्र गिरावट आएको छ भने चाँदीले भने नयाँ रेकर्ड कायम गरेको छ।

अघिल्लो दिनको तुलनामा शुक्रबार सुन प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

विहीबार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च दर थियो। बुधबार भने सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ थियो।

चाँदीको मूल्य भने लगातार बढ्दै गएको छ। बिहीबार प्रतितोला ३ हजार २५ रुपैयाँमा रहेको चाँदी आज ६० रुपैयाँ बढेर प्रतितोला ३ हजार ८५ रुपैयाँमा पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *