२४ असोज, काठमाडौं । टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ । पाँचथर घर भई चण्डेश्वरी बस्ने ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या गरिएको हो ।
हत्या आरोपमा उदयपुरका २७ वर्षीय गणेश लामा र सिन्धुलीका ४० वर्षीय खुप बहादुर तामाङलाई प्रहरीले राति नै पक्राउ गरेको छ ।
बादविवादको क्रममा फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए । उपचारका लागि ट्रमा सेन्टर पठाइए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि हत्या मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।