२१ असोज, काठमाडौं । सरकारले हालैको बाढीपहिरोबाट घर गुमाएका परिवारहरूलाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले यस्तो निर्णयको जानकारी गराएको हो।

बैठकले बाढीपहिरो प्रभावित नागरिकहरूलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ। बाढीपहिरोका कारण कसैको घर पूर्ण रूपमा भत्किएको पाइएमा सरकारले तत्काल तिनीहरूलाई अस्थायी आवासमा सार्ने र दीर्घकालीन रूपमा स्थायी घर निर्माणका लागि सहयोग गर्ने नीति लिने जनाएको छ।

अस्थायी आवास निर्माणका लागि विपद् प्राधिकरणमार्फत प्रत्येक परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ। सो रकममध्ये २५ हजार रुपैयाँ तत्काल र बाँकी २५ हजार रुपैयाँ घरको पहिलो तहको संरचना बनेपछि मापदण्ड अनुसार वितरण गरिने निर्णय बैठकले गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *