१९ असोज, सिराहा- सिराहाको कल्याणपुर नगरपालिका–८ का वडाध्यक्ष रामकिशोर यादव आपसी विवादमा घर भत्काएको आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार यादवसहित १३ जनामाथि आपराधिक उपद्रवको जाहेरी परेको छ। हालसम्म वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन् भने अन्य फरार छन्।
दशैंका क्रममा दलित समुदायसँगको विवादपछि ऐलानी जग्गामा बनेका ४–५ घर भत्काइएका थिए, जसमा ३ वटा घर पूर्ण रूपमा र २ वटा आंशिक क्षति पुगेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
