१९ असोज, काभ्रेपलाञ्चोक । बीपी राजमार्गको काभ्रेभन्ज्याङ–पात्लेखेत सडक खण्डमा सडक भासिएपछि यातायात आवागमन अवरुद्ध भएको छ।

धुलिखेल–११ पात्लेखेतस्थित सडक भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए। सडक भासिएसँगै भकुन्डे–धुलिखेल सडक सञ्जाल पनि विच्छेद भएको छ।

प्रहरीका अनुसार उक्त स्थानमा सवारी सञ्चालन असुरक्षित भएकाले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *