१८ असोज, काठमाडौं । पर्साको वीरगञ्ज, रौतहटको गौर, बाराको कलैया र रौतहटको महेशपुरमा वर्षाले सतर्कता तह पार गरेको छ। वीरगञ्जमा २४ घण्टामा सबैभन्दा बढी १८२ मिमि वर्षा रेकर्ड भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नारायणी, बागमती र लालबकैया नदी किनारका बासिन्दालाई सावधानी अपनाउन र डुबान हुनसक्ने क्षेत्रबाट सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

अविरल वर्षाका कारण मधेश प्रदेशका पर्सा, सर्लाही, रौतहट र बारा बढी प्रभावित भएका छन्। जल तथा मौसम विभागले आज राति बागमती, कमला र आसपासका नदीमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *