१६ असोज काठमाडौँ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै आगामी सोमबारसम्म अत्यावश्यक नभए यात्रा नगर्न आग्रह गरेको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतद्वारा जारी विज्ञप्तिमा वर्षा र बाटोको अवस्थाअनुसार सवारी सञ्चालनमा रोक लगाउने निर्णय गर्न र कार्यान्वयन गराउन जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिइएको छ।

त्यस्तै, पहिरो सम्भावित क्षेत्र र नदी किनारका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानबारे जानकारी लिन र आवश्यक परे सुरक्षित स्थलतर्फ सर्न तयारी राख्न सुझाव दिइएको छ।

सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकलाई प्रतिकार्यका लागि सतर्क रहन समेत प्राधिकरणले आह्वान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *