१५ असोज, मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित न्हेचुङ भन्सारले दुई सातामा रु २ अर्ब २ करोड ९६ लाख २९ हजार राजस्व संकलन गरेको छ। दैनिक औसत रु १३ करोडभन्दा बढी राजस्व संकलन भएको छ।
चीनबाट आएका १,१०९ विद्युतीय सवारीमध्ये ९६५ को भन्सार जाँच पास भइसकेको छ। रसुवा–तातोपानी नाका अवरुद्ध हुँदा आयात बढेको हो। नाका सञ्चालनपछि मुस्ताङमा व्यापारिक चहलपहल बढेको र स्थानीय युवाहरूले लोड–अनलोड तथा सवारी व्यवस्थापनबाट आम्दानी गरिरहेका छन्।
भन्सार कार्य २१ असोजदेखि नियमित सञ्चालनमा फर्किने छ।