sf7df8f}F, !* c;f]h -/f;;_ M a8f bz}Fsf] ;ftf}F lbg zlgaf/ uf]/vfb/jf/af6 NofOPsf] km"nkftL sf7df8f}Fsf] xg'dfg9f]sfdf leqofOFb} . t:jL/ M gjLg kf}8]n

१३ असोज, काठमाडौं। दशैँको सातौँ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा फूलपाती २०८२ आज घर–घरमा शास्त्रीय विधिअनुसार मनाइँदैछ।

उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोक र मानवृक्षलाई नवपत्रिकाका रूपमा भित्र्याई शक्तिको आराधना गर्ने वैदिक परम्परा रहिआएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार यी नौ वनस्पतिमा नवदुर्गाका पार्षद देवीहरूको आवाहन गरी पूजा गरिन्छ।

राजधानी काठमाडौँको हनुमानढोका दरबारमा भने गोरखा जिल्लाबाट ल्याइने फूलपाती भित्र्याउने ऐतिहासिक परम्परा आज पनि निरन्तरता पाउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *