काठमाडौं । जेन-जी आन्दोलन दमनबारे जाँचबुझ गर्दै आएको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ।

आयोगले ओलीसँगै पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको हो।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अनुसन्धानलाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति अभाव भएको भन्दै गृह मन्त्रालयसँग अतिरिक्त जनशक्ति माग गर्ने निर्णय भएको जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *