धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

मेयर साम्पाङले आइतबार दल दर्ताका लागि निवदेन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

‘हर्कबहादुर राईलाई संयोजक राखेर दल दर्ताका लागि निवदेन दिनु भएको छ। पार्टीको नाम श्रम संस्कृति पार्टी र चुनाव चिह्न माटाको ढिस्को प्रस्तावित छ,’ उनले भने।

मेयर साम्पाङले केही समय अघिदेखि नै दल दर्ताको तयारी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *