A towering industrial plant under a vivid blue sky, showcasing its intricate architecture and industrial prowess.

३१ असोज, काठमाडौं । हुलास स्टिल उद्योगले लामो समयदेखि बाँकी रहेको विद्युत् बक्यौताको पहिलो किस्ता तिरेको छ। हुलास स्टिल इन्डिस्ट्रिज प्रालिले नेपाल विद्युत् प्राधिकरणलाई ५० लाख ४३ हजार रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ।

सिमरा वितरण केन्द्र अन्तर्गतको ग्राहक रहेको हुलास स्टिलले २०७२ माघदेखि २०७५ वैशाखसम्म प्रयोग गरेको बिजुलीको बक्यौता १४ करोड १२ लाख ५ हजार रुपैयाँ पुगेको थियो। उक्त रकम तिर्न कम्पनीले २८ किस्ताको सुविधा लिएको र हाल पहिलो किस्ता तिरेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार हुलास स्टिलले बक्यौता रकम तिरेको यो पहिलोपटक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *