१६ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा भएकाको बुद्धि नपुगेका कारण जेनजी युवा आन्दोलनमा ७६ जनाको ज्यान गएको बताएकी छन्।

विजया दशमीको दिन शहीद परिवारलाई भेट्दै उनले मृतकका परिवारलाई राज्यले सहयोग गर्ने प्रतिवद्धता जनाइन्।

‘सरकारमा हुनेको बुद्धि पुगेन, त्यसैले यस्तो दुर्घटना भयो,’ उनले भनिन्। सञ्चारमन्त्री जगदीश खरेल पनि भेटमा सहभागी थिए।

भदौ २३ र २४ गतेको आन्दोलनमा ७६ जनाको मृत्यु र सयौँ घाइते भएका थिए। प्रधानमन्त्री कार्कीले यस वर्ष टीका नलगाउने निर्णय गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *