१ मंसिर, काठमाडौं । राष्ट्रिय कर दिवसमा विभिन्न श्रेणीका उत्कृष्ट करदाता व्यक्ति तथा संस्थालाई अर्थमन्त्रीद्वारा सम्मानपत्र प्रदान

राष्ट्रिय कर दिवसको अवसरमा व्यवसायी राजबहादुर शाहलाई आव २०८०/८१ मा सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाताको रुपमा सम्मान गरिएको छ । आन्तरिक राजस्व विभागले व्यक्तिगत आयकरतर्फ उच्च कर योगदान गरेबापत शाहलाई विशेष सम्मान प्रदान गरेको हो।

सो अवसरमा अर्थमन्त्री रामेश्वर खनालले विभिन्न श्रेणीका उत्कृष्ट करदाता व्यक्ति, संस्था तथा निकायलाई सम्मानपत्र प्रदान गरे।

सबैभन्दा बढी आयकर तिर्ने निकायको रुपमा नेपाल दूरसञ्चार प्राधिकरण सम्मानित भयो भने एकलौटी फर्मतर्फ थर्ड आइ इन्टरनेशनलले सम्मान प्राप्त गर्‍यो।

वस्तुगत आयकरतर्फ डाबर नेपाल र सूचना–प्रविधितर्फ भेरिक्स नेपाल प्रालि सम्मानित भए। त्यस्तै, निर्यात कारोबारतर्फ डाबर नेपाल प्रालि, कृषि/पशुजन्यतर्फ पोषक ब्रिडर, बैंक तथा वित्तीय संस्थातर्फ नेपाल इन्भेष्टमेन्ट बैंक सम्मानित भए।

स्वास्थ्य/शिक्षातर्फ नोबेल मेडिकल कलेज, पर्यटनतर्फ सोल्टी होटल, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदातातर्फ सीडीएस एण्ड क्लियरिङ लिमिटेड, ऊर्जातर्फ भोटेकोशी पावर कम्पनी, र रेमिट्यान्सतर्फ आईएमई सम्मानित भए।

व्यक्तिगत आयकरमा राजबहादुर शाह र समयमै कर तिर्ने कम्पनीका रुपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले सम्मान पाए।
यसैगरी, ५० करोडभन्दा बढी कारोबार गर्ने कम्पनीतर्फ भीएफ सर्भिसेज, र विशेष उद्योगतर्फ युनिलिभर नेपाल सम्मानित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *