१३ मंसिर काठमाडौं । विवाहको मौसम सुरु भएसँगै माहोल झनै रंगीन बनेको छ। यस्तै बेला सार्वजनिक भएको नयाँ नेपाली गीत ‘चर्को नबोल’ ले विवाहको रौनकलाई अझै बढाउने निश्चित छ। गायक–गायिका शान्ति श्री परियार र प्रकाश पराजुलीको मन छुने आवाजमा आएको यो गीत विवाहको गीत, पन्चे बाजासँग नाच्न मिल्ने, र छमछम नाच्ने माहोल बनाउने उत्कृष्ट विवाहको गीतका रूपमा नेपाली दर्शक–श्रोतामाझ आइपुगेको छ।
हाम्रो ट्युब अफिसियल युट्युब च्यानलमार्फत रिलिज गरिएको गीतमा कलाकार सागर लम्साल ‘बले’ र सामिया कार्कीको आकर्षक अभिनयले भिडियोलाई झनै जीवन्त बनाएको छ। रमाइला हाउभाऊ, विवाहको वातावरण, र सांस्कृतिक छटा स्पष्ट रूपमा झल्किने यो गीत अहिलेका विवाह समारोहहरूका लागि ‘परफेक्ट फिट’ बन्ने संकेत दिइरहेको छ।
गीतका शब्द तेज बिनोद, संगीत प्रकाश पराजुली, र संगीत संयोजन क्रिष्ण केसीले गरेका छन्। HBN किस्मतको Mixing/Mastering, 1db HD स्टुडियोमा गरिएको रेकर्डिङ, साथै एकेन्द्र सारा शंकरको निर्देशन र कोरियोग्राफीले भिडियोलाई अझै आकर्षक बनाएको छ। भिडियोमा राजेश घिमिरेको सिनेमाटोग्राफी, कविता तोलाङ्गीको MUA, र मनोज कार्कीको एडिट–कलरको संयोजन उत्कृष्ट छ।
विवाहका घर–घरमा, पन्चे बाजासँग, साथी–भाइ र परिवारले छमछम नाच्दै रमाइलो गर्न यही गीत बजाउन सकिने भएकाले ‘चर्को नबोल’ अहिलेको सिजनका लागि एकदमै उपयुक्त छ।