१६ असोज, काठमाडौं । नेपालकै जस्तो जेनजी आन्दोलन मोरक्कोमा चर्किँदै गएको छ। विश्वकप २०३० को तयारीका नाममा अरबौँ डलर खर्च गरिएको भन्दै युवाहरूले अस्पताल र विद्यालयमा बजेट नहुँदा आक्रोश पोखेका छन्।
लगातार पाँच दिनदेखि देशभर प्रदर्शन भइरहेका छन्। तोडफोड र हिंसापछि सयौँ प्रदर्शनकारी पक्राउ परेका छन्। कुनै राजनीतिक नेतृत्व नभई इन्टरनेटमार्फत युवाहरूले अघि बढाएको यो आन्दोलन पछिल्ला वर्षकै ठूलो सरकार विरोधी आन्दोलन बनेको छ।