२३ असोज, काठमाडौं ।काठमाडौंको माइतीघरबाट प्रहरीले जेनजी आन्दोलनका अगुवा निकोलस भुसालसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार बिहीबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरी परिसरमा राखिएको छ।
जेनजी पुस्ताका अन्य अगुवाहरूले बिहीबारको लागि योजना बनाएको प्रदर्शन धमाधम फिर्ता लिएका थिए। तर, भुसाल भने प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
उनीहरूले जेनजी आन्दोलनले आफ्ना मागहरू पूरा नगरेको भन्दै निरन्तर विरोध गर्दै आएका थिए।
