२५ असोज, इलाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले इलामका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी राहत वितरण गरेका छन्। उनले माइखोलास्थित २८ परिवारलाई राहत दिएका हुन्।
घिसिङले ८ दिनदेखि अवरुद्ध मेची राजमार्गको राजदुवाली सडक खण्डको अवस्था पनि निरीक्षण गर्दै खोल्ने कामलाई प्राथमिकता दिनुभएको छ।
यद्यपि, सार्वजनिक कार्यक्रमअनुसार इलाम आउने तय भएका गृहमन्त्री ओमप्रकाश अर्याल भने उपस्थित हुनु भएन।
इलाममा १८ असोजको अविरल वर्षापछि आएको बाढी–पहिरोमा ३९ जनाको ज्यान गएको, १ बेपत्ता र २६५ परिवार विस्थापित भएका छन्।