भक्तपुरमा कार्यकर्तासँगको भेटमा ओलीले असंवैधानिक सरकारले देशलाई छाडातन्त्रतर्फ धकेलेको आरोप लगाउँदै ‘युथ भोलिन्टियर्स फोर्स’ गठनको घोषणा गरे

२० कात्तिक, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के पी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्।

बिहीबार भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा पुगेका नेता तथा कार्यकर्तासँगको भेटमा अध्यक्ष ओलीले असंवैधानिक सरकारले प्रतिनिधिसभा विघटन गरेर देशलाई छाडातन्त्रतर्फ धकेलेको आरोप लगाए। उनले भने, “यो असंवैधानिक सरकारले प्रतिनिधिसभा किन भंग गरेको हो भने देशलाई बेलगाम छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरेको हो। सिफारिस गर्ने हैसियत नै नभएकाहरूले सिफारिस गरेका छन्, र संविधानको कुनै धारामा नपर्ने गरी राष्ट्रपतिले भंग गर्नुभएको छ। त्यो गर्नुहुँदैनथ्यो।”

अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारले गरेको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको दाबी गर्दै संविधानविपरीत विघटित प्रतिनिधिसभाको पुनःस्थापनाका लागि आफ्नो पार्टीले आन्दोलनको तयारी थालेको बताए।

त्यसै क्रममा उनले मुलुकमा शान्ति–सुरक्षाको प्रत्याभूति गराउन एमालेले ‘युथ भोलिन्टियर्स फोर्स’ गठन गर्ने निर्णय गरेको जानकारी समेत दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *