nepal, pokhara, tourism, adventure, nature, lake, water, boats

१४ असोज, काठमाडौं । जेनजी आन्दोलनका तस्बिर/भिडियोका कारण नेपाललाई ‘अशान्त’ मुलुकका रूपमा प्रचार भएपछि पर्यटन प्रभावित भएको छ। धेरै मुलुकले ट्राभल एडभाइजरी जारी गरेका थिए।

नेपाल पर्यटन बोर्डले यसको असर घटाउन ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देशसहित प्रत्यक्ष प्रसारण अभियान सुरु गरेको छ। बसन्तपुर, पाटन, भक्तपुर, बौद्ध, स्वयम्भू, ठमेल, पोखरा र चितवनलगायत गन्तव्य तथा पर्वको फेसबुक, युट्युब र टिकटकमार्फत लाइभ प्रसारण गरिएको छ।

सहायक प्रवक्ता सुधन सुवेदीका अनुसार विदेशी पर्यटकसँग प्रत्यक्ष कुराकानी गरेर उनीहरूको अनुभव प्रसारण गर्नु सबैभन्दा प्रभावकारी भएको छ।

हाल होटल व्यवसायमा करिब २५ अर्ब रुपैयाँ क्षति देखिएको भए पनि पर्यटन बजार मनोवैज्ञानिक असर चिर्न सके ठूलो नोक्सानी नहुने बोर्डको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *