१५ असोज, काठमाडौं। असोज ६ गते घटस्थापनादेखि आजसम्म ६ लाख ११ हजार ६५७ जना काठमाडौं उपत्यका छाडेका छन्। पछिल्लो २४ घण्टामा मात्र ५८ हजार ३९६ जना बाहिरिएका ट्राफिक प्रहरीका अनुसार, यस अवधिमा १ लाख १३ हजार ४१५ सवारी साधन बाहिरिएका छन्। मुख्य गन्तव्य पूर्वी, पश्चिमी र सुदूरपश्चिमका जिल्ला रहेका छन्। उपत्यकामा भने ७७ हजार ५४५ सवारीमार्फत ३ लाख १९ हजार १५ जना भित्रिएका छन्। प्रमुख नाकाहरूमा यात्रुको भीड देखिएको ट्राफिक प्रहरीले जनाएको छ।
