१५ असोज, काठमाडौं। यातायातमन्त्री कुलमान घिसिङले तोकिएको भन्दा बढी भाडा असुल्ने व्यवसायीमाथि तत्काल कारबाही हुने चेतावनी दिएका छन्। उनले यात्रुहरूलाई बढी भाडा वा टिकटको कालोबजारी देखे तत्काल प्रशासनलाई खबर गर्न आग्रह गरेका छन्।
चाडबाडको अवसरमा बढी भाडा असुल्ने र टिकटको कालोबजारी गर्ने गुनासा बढेका भन्दै मन्त्री घिसिङले यस्ता गैरकानुनी क्रियाकलाप तत्काल बन्द गर्न व्यवसायीहरूलाई चेतावनी दिएका छन्।
