२२ कार्तिक, काठमाडौं l गाजा क्षेत्रमा गरिएको मानवअधिकार उल्लङ्घन र तुर्की–प्यालेस्टिनी अस्पताल माथिको आक्रमणसम्बन्धी मुद्दामा इजरायलका ३७ अधिकारीमाथि मुद्दा दायर गरिएको जानकारी

तुर्कीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसहित उनको सरकारका वरिष्ठ अधिकारीविरुद्ध ‘जनसंहार र मानवताविरुद्धका अपराध’ आरोपमा पक्राउ आदेश जारी गरेको छ । उक्त समाचार गल्फ टाइम्समा प्रकाशित छ ।

इस्तानबुल अभियोजक कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, ३७ जना इजरायली अधिकारीहरू पक्राउ सूचीमा परेका छन् । तीमध्ये इजरायली रक्षा मन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गभिर र सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिर पनि रहेका छन् ।

तुर्कीले गाजामा इजरायलले ‘व्यवस्थित रूपमा जनसंहार र मानवताविरुद्धका अपराधहरू’ गरेको आरोप लगाएको छ । विज्ञप्तिमा गाजा क्षेत्रमा तुर्कीद्वारा निर्माण गरिएको “तुर्की–प्यालेस्टिनी मैत्री अस्पताल”लाई यस वर्ष मार्चमा इजरायलले बम आक्रमण गरेको घटनाको पनि उल्लेख गरिएको छ ।

गत वर्ष तुर्कीले दक्षिण अफ्रिकाद्वारा अन्तर्राष्ट्रिय न्यायालय (ICJ) मा दायर गरिएको इजरायलविरुद्धको जनसंहारसम्बन्धी मुद्दामा साथ दिएको थियो । गाजा क्षेत्रमा गत अक्टोबर १० देखि अस्थायी युद्धविराम कायम रहेको जनाइएको छ ।

(समाचार स्रोत: Gulf Times)

Leave a Reply

Your email address will not be published. Required fields are marked *