१८ असोज, काठमाडौं — अविरल वर्षाका कारण चितवन हुँदै जाने राजमार्गमा सवारी आवागमन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सुरक्षा निकाय, होटल व्यवसायी संघ (हान) र सरोकारवालाबीचको बैठकले अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
बाहिरी जिल्लाबाट चितवन आइपुगेका र अलपत्र यात्रुहरूलाई सहजीकरणका लागि भरतपुर, नारायणगढ र सौराहाका होटलहरूमा नियमित दरमा ७५ प्रतिशत छुटमा बस्ने व्यवस्था मिलाइएको छ। यसका लागि यात्रुहरूलाई ९८५५०१४१८० मा सम्पर्क गर्न अनुरोध गरिएको छ।