१७ असोज मुस्ताङ — जोमसोम–कोरला सडकअन्तर्गत घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आएका उपकरण र निर्माण सामग्री बोकेका १८ ट्रली मुस्ताङ भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन्। पुलको अस्थायी संरचनाले ‘हेभी’ ट्रली थेग्न नसक्दा मालबाहक रोकिएका हुन्। सात वर्षअघि सुरु गरिएको ४० मिटर लामो पुलको काम ७५ प्रतिशत मात्रै पूरा भएको छ। दसैँपछि व्यापारी र आयोजनाले संयुक्त रूपमा डाइभर्सन निर्माण गर्ने तयारी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *