गुल्मी, १३ असोज। गुल्मीको रेसुङ्गा नगरपालिका–४ छल्दीपनाहमा सोमबार दिउँसो भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन्।
बुटवलबाट अर्जेतर्फ जाँदै गरेको लु. १ ख ७७७६ नम्बरको बस ब्रेक फेल भएर सडकबाट करिब ५ मिटर तल एक खाली घरमा अड्किएर रोकिएको थियो। दुर्घटनामा बस र घर दुवैमा पूर्ण क्षति पुगेको छ।
घाइते सबैलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास पठाइएको छ भने बस चालक वीरबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।