नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले हालसम्म ३ अर्ब १ करोड ४४ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। गत भदौ ३१ गते व्यापारिक रूपमा सञ्चालनमा आएको यो नाकाबाट अहिलेसम्म ६६४ वटा मालवाहक कन्टेनरको जाँचपास भई गन्तव्यतर्फ पठाइएका छन्। दसैं–तिहार लक्षित रेडिमेड लत्ताकपडा, कस्मेटिक र इलेक्ट्रोनिक सामान मुख्य रूपमा आयात भएका छन्, भने नेपालतर्फ हस्तकला र अन्य स्थानीय उत्पादन निर्यात भएका छन्।

भन्सार प्रमुख रमेश खड्काका अनुसार, चीनबाट आयात भएका १४९८ वटा विद्युतीय कारको पनि जाँचपास भई गन्तव्यमा पठाइएको छ। तातोपानी र रसुवागढी नाका अवरुद्ध भएपछि यो नाकालाई वैकल्पिक रूपमा सञ्चालनमा ल्याइएको हो। यद्यपि, ४६१० मिटर उचाइमा रहेको यो नाकाबाट बाह्रै महिना नियमित रूपमा व्यापार सञ्चालन गर्न चिसो र कठिन भूगोलका कारण चुनौतीपूर्ण हुने बताइएको छ। भन्सार कार्यालयले सडक सुधार र आवश्यक पूर्वाधार विकासका लागि पहल गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *