१३ असोज, काठमाडौं।
काठमाडौं महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको कपडाको गोदामबाट सुरु भएको आगलागी करिब साढे ४ घण्टापछि नियन्त्रणमा आएको छ।
बिहान साढे ४ बजे सुरु भएको आगो ९:१० मा निभाइएको हो। तीन घर र एक मन्दिर क्षतिको चपेटामा परेका छन्। ९ दमकल, ३ पानी ट्यांकी र नेपाली सेनाको सहायतामा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीको कारण अझै खुल्न बाँकी छ।