१ कार्तिक २०८२, शनिबार, काठमाडौं । काठमाडौंका पाँच क्षेत्रलाई संवेदनशील मानेर जिल्ला प्रशासन कार्यालयले आगामी दुई महिनासम्म त्यहाँ कुनै पनि प्रकारका विरोधका कार्यक्रम गर्न निषेध गरेको छ।

प्रशासनले राष्ट्रपति कार्यालय, सिंहदरबार, प्रधानमन्त्री निवास लगायतका क्षेत्रलाई समेट्दै कार्तिक १ गतेदेखि मंसिर अन्त्यसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो।

जिल्ला प्रशासन कार्यालयको सूचनामा भनिएको छ, “विगतदेखिकै निरन्तरताका रूपमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ।”

यस निर्णयपछि ती क्षेत्रहरूमा कुनै पनि समूह वा संगठनले पूर्वसूचना बिना सभा वा प्रदर्शन गर्न पाउने छैन। प्रशासनले सार्वजनिक सुरक्षाको कारण देखाउँदै नागरिकलाई निषेधाज्ञा पालना गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *