२४ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज २५ गतेका लागि निर्धारित सबै र्याली, सभा र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलद्वारा शुक्रबार जारी सूचनामा शान्ति–सुरक्षामा चुनौती बढ्न सक्ने भन्दै कुनै पनि समूहलाई र्याली, जुलुस, धर्ना वा सभा गर्न अनुमति नदिइने उल्लेख गरिएको छ।
गत भदौ २३ गतेको जेन–जेड आन्दोलनपछि तोडफोड र आगजनीका घटना दोहोरिन नदिन प्रशासनले यस्तो कदम चालेको हो।
स्थानीय प्रशासन ऐन २०२८ र प्रहरी ऐन २०१२ बमोजिम पूर्वस्वीकृति बिना कुनै पनि प्रकारका प्रदर्शन वा र्याली नगर्न प्रशासनले सबैलाई आग्रह गरेको छ।
यसअघि नेकपा एमाले निकट युवा संघले शनिबार कोटेश्वर–तीनकुने क्षेत्र हुँदै मोटरसाइकल र्याली आयोजना गर्ने तयारी गरेको थियो।