१४ असोज, कपिलवस्तु- भदौ २५ गते राति कपिलवस्तु जिल्ला कारागार, तौलिहवाबाट ठूलो संख्यामा कैदीबन्दी फरार भएपछि सुरक्षातन्त्र सतर्क अवस्थामा छ। हालसम्म २६३ जना पक्राउ परेका छन् भने अझै १६७ जना फरार रहेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो।

प्रशासनले असोज २० गतेसम्म स्वेच्छाले फर्कन आग्रह गर्दै तोकिएको म्यादभित्र नफर्किए कानुनअनुसार कडा कारबाही हुने चेतावनी दिएको छ। फरारलाई लुकाउने वा सहयोग गर्नेहरूमाथि समेत कानुनी कारबाही हुने बताइएको छ। प्रहरीको खोजी अभियान जारी छ र स्थानीयलाई शंकास्पद गतिविधि देखे तत्काल सूचना दिन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *