कात्तिक २, २०८२, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जारी अराजक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै आफू पुनः प्रधानमन्त्रीमा फर्किने सम्भावना बढेको बताएका छन्।
आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले भने, “यस्तो अराजकता चलिरहे केपी ओली फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ। जनताले यो कुरा सहँदैनन्, किन सहने?”
उनले थपे, “अराजकता रोक्ने नेतृत्व चाहिएको छ। अब त सम्पादकहरूले पनि ‘ओली फर्किऊन्’ भनेर सम्पादकीय लेख्नुपर्ने अवस्था आएको छ।”
ओलीले जनताले विश्वास गरे र अवसर दिए फेरि प्रधानमन्त्री बन्ने दाबी पनि दोहोर्याएका छन्।