२६ असोज, काठमाडौं। विश्व T20 छनोट प्रतियोगितामा नेपालले रोमाञ्चक जित हात पारेको छ। युएईलाई १ रनले पराजित गर्दै नेपालले महत्वपूर्ण जित दर्ता गरेको हो।

पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले ५१ रन, कुशल भुर्तेलले २८ रन, र रोहित पौडेलले २० रनको योगदान दिए।

१४१ रनको लक्ष्य पछ्याएको युएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन मात्रै बनाउन सक्यो। युएईका अलिशान शराफुले ५८ रन र ध्रुव पराशरले ३२ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन्।

नेपालका तर्फबाट दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट, गुलशन झा र सोमपाल कामीले १–१ विकेट लिए।

🔹 नेपाल १४०/६ (२०)
🔹 युएई १३९/९ (२०)
🔹 नेपाल १ रनले विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *