मंसिर १७, २०८२, काठमाडौं l प्रज्ञा भवनमा भव्य घोषणा समारोह—दीर्घकालीन दृष्टि, ध्येय र विस्तृत घोषणापत्र २०८२ आज सार्वजनिक हुँदै

कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज औपचारिक रूपमा सार्वजनिक हुँदैछ। पार्टीले दिउँसो १ बजेदेखि ४ बजे सम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा घोषणा कार्यक्रम आयोजना गरेको छ।

घोषणा सभाका प्रमुख अतिथि ऊर्जामन्त्री तथा पार्टी संरक्षक कुलमान घिसिङ रहनेछन्। सो अवसरमा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय, सैद्धान्तिक आधार र विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ।

पार्टीले नयाँ दलको रूपमा मात्र नभई सपना साकार पार्न सक्षम नेतृत्व, कार्यकुशलता र अनुभवी टिम सहित अघि बढ्ने दाबी गरेको छ। मंसिर १२ गते जारी गरेको विज्ञप्तिमा पार्टीले ‘दलहरूको भीडमा हराउने होइन, परिवर्तनको नयाँ बाटो देखाउने’ लक्ष्य दोहोर्याएको थियो।

युवा केन्द्रित जेन जेड आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समृद्ध राष्ट्र निर्माणका लागि परिणाममुखी संवाद र एकतामा जोड दिने तयारी पार्टीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *